नेकपाका दुई नेता नविन र भृकुटी रिहा

प्रकाशित मिति : बुध, चैत्र १२, २०७६



नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य नविन विश्वकर्मा र नेतृ धिरेन्द्र उपाध्याय ‘भृकुटी’ रिहा भएका छन् । बुधबार सर्वोच्च अदालतको आदेशमा रिहा भएका हुन् ।

विक र उपाध्यायलाई अदालतले पटकपटक रिहाको आदेश दिँदा पनि प्रहरीले पुनः गिरफ्तार गर्दै आएको थियो । बुधबार बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश टंकबहादुर मोक्तान र प्रकाशकुमार ढुंगानाको इजलासले दुबै नेतालाई रिहा गर्न आदेश दिएको हो ।

पूर्व सभासद समेत रहेकी उपाध्यायलाई ९ महिना पहिले प्रहरीले काठमाडौँको बुढानिलकण्ठबाट गिरफ्तार गरेको थियो । त्यस्तै पूर्वराज्यमन्त्री समेत रहेका बिकलाई भने ७ महिला पहिले प्रहरीले काठमाडौबाट गिरफ्तार गरेको थियो ।

बन्दीप्रत्यक्षीकरणको रिटमाथी सुनुवाई गर्दै न्यायाधिस टंकबहादुर मोक्तान र प्रकाशकुमार ढुंगानाको इजलासले दुबैजनालाई छोड्न आदेश दिएपछि दुबै जना रिहा भएका हुन् । विश्वकर्मा माइला लामा पक्राउ परेपछि उपत्यका इन्चार्ज थिए । दुबैजनालाई गैरकानुनी थुनामा राखिएको भन्दै रिहा गर्न सर्वोच्चले आदेश दिएको हो ।

प्रहरीको विशेष ब्युरोले उपाध्यायलाई गत साउन १४ गते गिरफ्तार गरेको थियो भने विकलाई असोज ७ गते नयाबानेश्वरबाट गिरफ्तार गरेको थियो । दुबै जनालाई झण्डै पुर्पक्षको लागि सात महिना जेलमा राखिएको थियो । जिल्ला अदालत ललितपुरको पुर्पक्षाको राख्न दिएको आदेश पाटन उच्च अदालतले खारेज गरेपछि प्रहरीले पुनः गिरफ्तार गरेर सुनसरी हुँदै कालिकोट, दैलेख पुर्याइएको थियो । उनीहरुलाई एनसेलमा बिस्फोट र हातहतियरनको मुद्दा लगाएको थियो ।

गैरकानुनी पुनः गिरफ्तार गरेर बन्दी बनाइएको भन्दै सर्वोच्च अदालतमा परेको थियो । बन्दीको तर्फबाट वरिष्ठ अधिबक्ता एकराज भण्डारी, सन्तोष भण्डारी, खिमानन्द अधिकारीलगायत बहस गरेका थिए ।

यसअघि पनि दुवै जनालाई गत चैत ३ गते सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो तर प्रहरीले अदालत गेटबाटै पुनः गिरफ्तार गरेको थियो ।

रिहा भएपछि परिवारको सम्पर्कमा पुगेका दुबै नेताले केही दिन आरामपछि कोरोना संक्रमणविरुद्ध अभियान्तम रुपमा लाग्ने बताएका छन् ।