काेराेना भाइरसले सिङ्गो देश, विश्व नै संकटमा परेको बेला पनि नेकपा नेताकार्यकर्ता गिरफ्तार

अमानवीय रूपमा गरिएको एकराजकाे गिरफ्तारीप्रति नेकपा दाङद्वारा घाेर भत्र्सनासहित रिहाइको माग

प्रकाशित मिति : बिहि, चैत्र १३, २०७६



दाङ,
काेराेना भाइरसकाे महामारीले सिङ्गो देश लगायत विश्व नै यतिबेला संकटमा परेको बेला पनि नेपाल कम्युनिस्ट पार्टीले अाफ्ना नेताकार्यकर्ता गिरफ्तार हुने क्रम नराेकिएकाे जनाएको छ ।

यसैक्रममा केही दिन अघि मात्र ९३ दिन जेल हिरासत बसाइपछि रिहा भइ उपचार गराएर घरकाे कामसँगै रेष्टमा गरिरहेका दाङका एकराज चाैधरीलाई प्रहरीले पुनः गिरफ्तार गरेको नेपाल कम्युनिस्ट पार्टी दाङले एक विज्ञप्ति जारी गरि बताएको छ ।

नेपाल कम्युनिस्ट पार्टी दाङका सेक्रेटरी भगवानराजले विज्ञप्ति जारी गरि यतिबेला सबै अा-अाफ्नाे घरमा सुरक्षित बस्न पाउनुपर्ने बेला गरिएको अमानवीय गिरफ्तारीप्रति घाेर भत्र्सना गर्दै विनासर्त रिहाइको माग गर्नुभएको छ ।

साथै काेराेना भाइरसबाट बच्न सम्पूर्ण अाम जनसमुदायलाई सचेत र सतर्क हुन हार्दिक अपिल गर्नुभएको छ ।