काेराेना भाइरस (covid -19) र हाम्रो यथार्थता

प्रकाशित मिति : शुक्र, चैत्र १४, २०७६ - टंक प्रकाश केसी



अाज काराेनासँगै विश्व व्यवस्थामा फेरि एउटा बहससँगै लुटेरा दमनकारी पुजीवादी व्यवस्थाका चिहानमा संकट उत्पन्न भएको छ । साम्राज्यवादी पुजीवादी व्यवस्था र समाजवादी व्यवस्थाका पक्षधर बिच नयाँ ध्रुवीकरणकाे सुरुवात पनि भएको छ । पुजीवादी व्यवस्था मानवीय समवेदनाहिन, अमानवीय, क्रुर व्यवस्था हाे भन्ने कुरा अाज साम्राज्यवादकाे नाइके अमेरिकाले देखाइरहेकाे छ । याे समवेदनाकाे समयमा विश्व समुदायमा मजबुत एकताको जरुरी छ । चीनले ठूलाे जनधन गुमाएको छ ।चीन अाज विश्व काेराेना निराकरणकाे विषयमा सिकाउने प्रयास मात्र हाेइन कयौं अाैषधी, प्रविधि र डाक्टरहरु पठाएर इटाली लगायत देशहरुमा थाेरै भएपनि मलम पट्टी गर्दै विश्व समुदायमा एकता र मानवीयताकाे संदेश प्रवाह गरेको छ । अमेरिका विश्व समुदायका अगाडि मुखदर्शक बनेकाे छ । अाज साँच्चै पुजीवादी व्यवस्थाले मानवीय जीवन अाम जनता, नागरिक र विश्व समुदायको जीवन साेचि दिएकाे भए याे स्थिति सिर्जना हुने थिएन ।उद्योग, कलाकारखाना, प्रदुषण, यन्त्र, यान, रकेट, क्षेप्याष्त्र, परिक्षण त्यसको सहि र उचित व्यवस्थापन गरिदिएकाे भए हजारौं नागरिकले ज्यान गुमाउन पर्ने थिएन । सँगै विश्व समुदाय लड्नका निम्ति हतियार अणु बमकाे सट्टा मानवीय जीवनमा अाइपर्ने संकटको तयारी अध्ययन गरिदिएकाे भए याे अवस्था सिर्जना हुदैन थियो । याे काेराेना भाइरस अाज मानवीय समवेदनाका रुपमा अाएकाे छ । यसको कारक तत्व पुजीवादी व्यवस्था हाे ।पैसाका निम्ति, पैसाका लागि सबै गर्न तयार हुने पुजीवादी चरित्र अाज पुजिवादकाे घाँडाे बनेर जटिल रुपमा उभिएको छ । विश्वमा पुजीवादी व्यवस्था रहदासम्म कहिले अाफ्नाे अस्तित्व रक्षाका निम्ति भिषण युद्धका नाममा, कहिले व्यापार युद्धका नाममा, कहिले धर्मका नाममा, कहिले भुगाेलका नाममा, कहिले स्वास्थ्य महामारी, कहिले भाेकमरीसँगै विपत्तिमय जीवन यापन जिउन विवश तुल्याउने साम्राज्यवादीहरुकाे अन्त्य नहुदासम्म मानव जातिले ज्यान गुमाइरहनु पर्नेछ ।

चीनबाट सुरु भएको काेराेना भाइरस अाज विश्वका २०० बराबर देशहरूमा महामारीको रुपमा फैलिरहेकाे छ ।लाखौं संक्रमित भइ हजारौंले चीनमा ज्यान गुमाए, लाखौंलाख संक्रमित बनेको छ । यद्यपि खुसीको कुरा चीनमा नियन्त्रण हुने अवस्थामा त पुगेको छ । चीनबाट सुरु भएको काेराेना अाज बिश्वका कयौं देश र शक्तिशाली राष्ट्रहरुमा महामारीका रुपमा दिनानुदिन लाखौंलाख संक्रमित भएका छन् । विश्व व्यवस्थामा अर्थतन्त्र विश्वलाई च्यालेन्ज गर्ने चीन काेराेनालाई जितेर अाज विश्व समुदायलाई सहयोग गर्ने महाअभियानकाे नाइके बनिरहेको छ । हजारौंले ज्यान गुमाइरहेका छन् । विश्व ठूलो भयावह तथा तरंगित बनेको छ । पछिल्लो चरण इटालीमा ज्यान गुमाउनेकाे संङ्ख्या उल्लेख्य बृद्धि भएको छ । काेराेनाकाे विषयमा विभिन्न बहसहरु अध्ययनहरु पनि भइरहेका छन् । विश्वमा तरंगित महासकंट निम्त्याएकाे काेराेना नेपालमा पनि अाइपुगेकाे छ । खुसीको कुरा अहिलेसम्म कसैले ज्यान गुमाउनु परेको छैन । WHO का अनुसार पनि नेपाल उच्च जाेखिममा छ । काेराेना लाग्न नदिन सचेतना अपनाउन विभिन्न देशहरूले पनि उच्च पहलकदमी लिइरहेका छन् ।नेपालमा पनि नेपाल सरकार, विभिन्न संघसंस्था, राजनीतिक दल, कयौं स्वतन्त्र व्यक्तित्वहरु पनि लागेका छन् । सरकारले विभिन्न कदमहरु चालेको छ । यसमा अाम नागरिकहरु पनि अाफु सचेत बनेका छन् र सचेत बन्नु अपरिहार्य बनेको छ । नेपाल काेराेनासँग लड्न कति सक्छ कतिसम्म सफल हुन्छ त्यो त भविष्यले निर्धारण गर्नेछ । हाम्रा उपलब्ध प्रविधि, प्रयोगशाला र डाक्टरहरुकाे भुमिका कस्तो रहन्छ । सामना गर्नु साझा चुनाैती बनेको छ भने यसको निराकरण गर्नु साझा र सर्वपक्षीय एकताको जरुरी बनेको छ । याे एउटा महाविपत्ति हाे यसको सामना गर्न कयौं क्षेत्रमा रहेका नागरिकको पहल कदमी लिनु जरुरी भएको छ । याे सचेत मानवीय कर्म हुनेछ । तर पनि थुप्रै किसिमका चुनाैतिहरु अाएका छन् । विश्व अक्रान्त दुःखित बन्न पुगेको छ । हामी पनि एउटा नागरिकको सवालले भावविह्वल बनेका छाैँ, गम्भीर छाैँ ।

हाम्रो देशमा स्वास्थ्य उपचार अाम नागरिकको पहुँच भन्दा बाहिर छ । अाज गाउँका नागरिकहरु सामन्य ज्वरो रुघाखोकीकाे कारण सिटामाेल नपाएर ज्यान गुमाउनु परेको छ । नागरिकको स्वास्थ्यप्रति राज्य उदासिन, बेखवर छ । नागरिक स्वास्थ्य पहुँच भन्दा बाहिर त छन् पहुँचभित्र भएका पनि पैसाको अभाव छ । अाजका दिनसम्म पनि मानवीय चेतना बृद्धि भएको छैन । कयौं रुढीबादी परम्परा कुसंस्कारमा जेलिएका गाउँमा मान्छे बिरामी हुदा धामीझाँक्री गर्ने प्रचलन कायमै छ । नेपालमा अहिलेसम्म काेराेना संक्रमितकाे परिक्षण एक ठाउँमा मात्र भइरहेको छ । राज्यले डाक्टरहरुकाे सुरक्षा सहितको प्रविधिसहित उच्च मनाेबल र ठूलो जाेखिमकाे सामना गरेका डाक्टरहरु परिचालनकाे पनि सहज वातावरण सिर्जना गर्नुपर्ने भएको छ । गाउँ दूरदराज जहा माेटरबाटाहरु पुगेका छैनन् । राज्यको पहुँच छैन ।त्यसको सामना गरेर कसरी राज्यले कसरी पहल लिन्छ ।मान्छेहरुमा सर्ने तरिका, लक्षण, बच्ने उपायहरुकाे विषयमा कसले बुझाउने ? काेराेनाकाे सन्त्रास बढेसँगै देशका विभिन्न शहरबाट विभिन्न पेसा व्यवसायमा रहेका नागरिक केही दिन गाउँ फर्कन लहर चल्यो । स्वाभाविकै रुपले अाफु जन्मेको ठाउँ गाउँ सबैकाे प्याराे हुन्छ । तर गाउँहरु सुरक्षित भने छैनन् । गाउँ र सहरकाे सम्बन्धमा व्यापक बृद्धि हुँदा अावातजावात बढेको छ । विभिन्न देशबाट नागरिकहरु पनि गाउँ छिरेका छन् । गाउँहरु उच्च जाेखिममै छन् । अनि गाउँका मान्छेहरुलाई थाहा छैन क्वारेन्टाइन र लक डाउनका विषयमा बेखवर भई उनी घाँस, दाउरा र मेलापातमा व्यस्त छन् ।

नेपालका लाखौंलाख मानिसहरू छिमेकी देश तथा खाडीका मुलुकहुरुमा विवशताकाे जीवन व्यतीत गर्नुपर्ने बाध्यता छ । त्यहीँ ठुलो अायातित रेमिट्यान्समार्फत दलालहरुकाे जीवन चलिरहेको छ । यस्तो अवस्थामा ती नागरिकको विषयमा राज्यले के गर्न सक्छ ? याे अवधिमा कयौं नागरिक भारत तथा अन्य मुलुकबाट नेपाल प्रबेश गरेका छन् । उनीहरु खुलेयाम गाउँ घुमिरहेका छन् ।
केही मान्छेहरुले यति धेरै समवेदनाकाे घडीमा गम्भीर हुनुका सट्टा दशैँ तिहारसरि जम्मा हुने, हल्ला गर्ने, जाँड रक्सी खाने र जुवा तास खेल्ने काम भइरहेको छ ।सरकारले चीनबाट हेलिकप्टर चार्टर गरेर पढ्न गएका विद्यार्थीहरु नेपाल ल्यायाे तर सिमा बन्दकाे सुचना नपाउँदा सिमाना भारतबाट पुगेका नेपाली अलपत्र परेका छन् । सुनियो झडप भयो, लाठीचार्ज गरियो, नेपालगन्ज क्वारेन्टाइनमा राखिएका नेपाली पर्खालबाट भागे राज्यले बुझाउन सकेन वा नागरिकले बुझ्न चाहेनन् विषय गम्भीर बनेको छ । याे संकटको राज्य र अाम नागरिक जिम्मेवार बनेर चुनाैतीकाे सामना गर्नेु पर्ने भएको छ ।

याे संकटको समय हाे । यसमा अाम नागरिक र राज्य त जिम्मेवार बन्नैपर्छ । सँगसँगै मिडिया पनि जवाफदेही, जिम्मेवार बन्नुपर्ने देखिएको छ । केही अनलाइन मिडियाहरु अपुष्ट समाचारहरु अनाधिकृत ढंगबाट सम्प्रेषण गरेका छन् । केही मान्छेहरु पनि अपुष्ट समाचार तथा केही गैरजिम्मेवार मान्छेहरुले प्रयोग गर्ने सामाजिक संजालमा पाेष्ट तथा शेर गरेर अनावश्यक अातंकित हुने, हतास, मनाेबल कमजोर बनेको छ । संकटकाे सामना गर्ने उच्च मनाेबल तथा अटुट साम्प्रदायिक र मानवीय एकताको खाँचो परेको छ । केही मान्छेहरु प्रचारबाजीमा लागिरहेका छन् । याे संकटको समयमा सहयोग गर्नु र अाफु पनि सजग हुनु त मानवीय धर्म हाे । तर केही मान्छेहरु दुईवटा मास्क वितरण गर्ने फेसबुक भित्ताहरुमा देखाउन दाैडिरहेका छन् । सहि घटनाक्रमहरु र जनतामा सचेतना दिन अाम मिडियाहरु जिम्मेवार बन्नुपर्ने भएको छ ।

यतिबेला विश्व असह्य शाेक पिडाकाे सामना गर्दै देशको अर्थ, शिक्षा र राजनीतिमा पनि चुनाैतीकाे सामना गरेको छ । याे बेला सचेत संकल्प गर्नुकाे सट्टा याे समवेदनशीलता केही मान्छेहरु ठुलो अवसरकाे रुपमा प्रयोग गरिरहेका छन् र गर्ने तयारीमा पनि छन् । मास्क, अाैषधी, खाद्यान्न र पेट्रोलियम पदार्थ लगायतका दैनिक उपभाेग्य वस्तुको मुल्य बृद्धि गर्ने, बजार अभाव देखाएर कालाेबजारी जस्तो अमानवीय क्रियाकलापमा लागेका छन् । विभिन्न एनजीओ तथा संघसंस्थाहरु डलर पचाउन केही देखावटी प्रचारमा लागेका छन् । अनि हाम्रो देशको राजनीतिक कुसंस्कारयुक्त, दलालीकृत र भ्रष्ट राजनीतिमा परिणत भइ अाम मान्छेकाे वितृष्णा पैदा भएको छ । केही मान्छेहरु याे अवसरमा राजनीतिमार्फत धनसम्पत्ति कुम्ल्याउने ध्याउन्नमा लागेका छन् । याे एउटा राेग महामारीको विपत्ती हाे । हाम्रो देशले बाढी, पहिरो तथा महाभूकम्पकाे पनि सामना गरेको छ । २०७२ मा भूकम्पमा राजनीतिक दलहरु गम्भीर हुनुका साटो त्रिपाल र जस्तापाता अाफ्नाे घरतिर कुदाउने काङ्ग्रेसी रामशरणका इतिहास पनि उदाहरण छन् । अहिले पनि विभिन्न काेष खडा गरेर प्रचारप्रसारका नाममा विभिन्न जनताको अायातित रेमिट्यान्स दुरुपयोग गर्ने केही नेताहरु रातदिन कसरत गरिरहेका छन् ।
देशमा विभिन्न रुपमा दिनभरि काम गरेर मात्र बेलुकी हातमुख जाेड्नेहरुकाे ठूलो सङ्ख्या कायम छ । विश्वमा छाएको महामारी भन्दा उनीहरुलाई अाफ्नाे जीवन गुजारा चलाउने कुरा प्रमुख बनेको छ । देशमा काेराेना राेकथामका निम्ति सरकारले विभिन्न कदमहरु चालेको छ । सम्मानयाेग्य कामहरूमध्ये लक डाउनकाे घाेषणा गरि कार्यान्वयन भइरहेको छ । राज्यले विपन्न वर्गको दैनिकी जीवनमा पनि उचित ध्यान दिनु जरुरी बनेको छ । अा-अाफ्नाे ठाउँबाट मानवीय समवेदनामा मलम लगाउने प्रयासमा लागाैँ ! काेराेना विरुद्ध उच्च मनाेबलसहित लडाैँ ! विश्वास गराैँ सफल हुनेछौँ ।

१२ चैत्र २०७६