अखिल (क्रान्तिकारी) कैलाली द्वारा असहाय, बालबालिका र बृद्ध मानव सेवा आश्रमलाई विभिन्न सहयोग प्रदान

प्रकाशित मिति : बिहि, चैत्र २०, २०७६



विश्वभर फैलिरहेको कोराना भाईरस सम्बन्धि जनचेतना र रोकथामका लागि अखिल (क्रान्तिकारी) कैलाली द्वारा धनगढीमा रहेको सडकपेटीमा रहेका असहाय, बालबालिका र वृद्ध बस्ने मानव सेवा आश्रमलाई मास्कहरु, डिटोल साबुनहरु, सेनिटाईजरहरुका साथै ६ केजि दाल र नगद रुपैयाँँ ११५० सहयोग स्वरुप प्रदान गरिएको छ । सङ्गठनका केन्द्रीय सदस्य तथा कैलाली जिल्ला इन्चार्ज बबर जङ्ग सिंह, अखिल (क्रान्तिकारी) कैलाली अध्यक्ष सुबाश जोशी लगायत जिल्लाका विद्यार्थी नेताहरुको सहभागीता उक्त सामाग्री वितरण गरिएको थियो ।
कार्यक्रममा मानव सेवा आश्रम सुदुरपस्चिमका संयोजक आदर्श ढकालले विद्यार्थी सङ्गठनले यस्तो कोरोना भाइरसको महामारी फैलिरहेको अवस्थामा सो रोगको रोकथामका लागि मास्क, साबुन, सेनेटाईजर र दाल वितरण गरेर आफुलाई थप उत्साहित बनाएको भन्दै खुशी व्यक्त गर्नुका साथै अन्त्यमा उनले सबै सहभागी विद्यार्थी नेताहरुलाई धन्यवाद व्यक्त गर्नु भएको थियो । सङ्गठनको तर्फबाट केन्द्रिय सदस्य बबर जङ्ग सिंहले र अध्यक्ष जोशीले आफ्नो सङ्गठन सदैव असहाय, वृद्ध र बेसाहाराको साथमा रहि सक्ने जति सहयोग सदैव गरिरहने प्रतिबद्धता गरेका थिए ।