विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या आधा लाख नाघ्याे

प्रकाशित मिति : बिहि, चैत्र २०, २०७६



विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या आधा लाख नाघेको छ । बिहीबार साँझसम्म आइपुग्दा विश्वभर ५० हजार २ सय ३९ जनाले ज्यान गुमाएका छन् ।

त्यसैगरी संक्रमित हुनेको संख्या पनि १० लाख नजिक पुगेको छ ।

सबैभन्द इटलीमा मृत्यु हुनेको संख्या १४ हजार नजिक पुगेको छ । अहिलेसम्म इटलीमा १३ हजार ९ सय १६ जनाको मृत्यु भइसकेको छ । संक्रमितको संख्या पनि बढेको छ । एक लाख १५ हजार २ सय ४२ जना संक्रमित भएका छन् ।

इटलीपछि स्पेनमा १० हजारभन्दा बढीले कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाएका छन् । त्यस्तै संक्रमितको संख्या एक लाख ११ हजार पुगेको छ ।

अमेरिकामा पनि आज मृत्यु हुनेको संख्या बढेको छ । यो समाचार तयार हुँदासम्म अमेरिकामा ५ हजार ३ सय ३४ जनाको मृत्यु भइसकेको छ भने दुई लाख २७ हजार संक्रमित भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

त्यसैगरी फ्रान्तमा पनि मृत्यु हुनेको संख्या बढेको छ । फ्रान्समा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार नाघेको छ ।