युवा संगठन नेपालद्वारा राप्तीका विभिन्न ठाउँमा काेराेना भाइरसविरुद्ध सचेतनासहित सहयोग गर्ने अभियान जारी

प्रकाशित मिति : शुक्र, चैत्र २१, २०७६



दाङ,
काेराेना भाइरस (covid-19) विरुद्ध नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपालले राप्तीका विभिन्न पिछडिएका परिवारमा सचेतना एवम् सहयोग गर्ने अभियान जारी राखेको छ ।

यसैक्रममा युवा संगठन नेपाल, राप्ती ब्युरोकाे अायाेजनामा युवा संगठन रुकुम (पश्चिम) ले अाठबिसकाेट नगरपालिकाकाे विभिन्न ठाउँमा
काेराेना भाइरसका लक्षण र बच्ने उपायबारे जानकारी गराउदै परिवारका सदस्यहरूलाई प्रति परिवार २/२ वटा साबुन र सपरिवार मास्क बितरण गरिएको छ ।

चौर जहारी लगायत अाठबिसकाेटका करिब ३०० घरधुरीमा काेराेना भाइरसबारे सचेतनासहित साबुन मास्क वितरण गरिएको युवा संगठन नेपाल, राप्ती ब्युरो इन्चार्ज अनिलले बताउनुभयो ।

नाफामूखी ब्यबस्था होइन, मानवीय हितमूखी ब्यबस्था निर्माणको बाटो एकीकृत जनक्रान्तिको सान्दर्भिकता र सहभागिताको लागि आह्वान गर्दै घरघरमा युवा संगठनको कोरोना सम्बन्धी जानकारी भएको पम्पलेट टाँस गरिएको र रुकुम अभियानकाे कमान्ड युवा संगठन नेपाल, रुकुम पश्चिमका अध्यक्ष लय साहनीले गर्नुभएको बताइएको छ ।
यसअघि युवा संगठन नेपाल राप्ती ब्युरोकै अायाेजनामा दाङ जिल्ला युवा संगठन नेपालले अस्ति नै जिल्लाका विभिन्न ठाउँमा ४५० घरधुरीलाई माक्स, साबुन डिजिटल थर्माेमिटर वितरण गर्नुका साथै काेराेना भाइरसबारे सचेतनामुलक कार्यक्रम गरिसकेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ वगेश्री थारू गाउँ टाेल विकास संस्था, वडा नम्बर ३ अादर्श टाेल विकास संस्था, सालघारी टाेल विकास संस्था, मिलिजुली टाेल विकास संस्था र शान्तिनगर गाउँपालिकाकाे नवजागरण टाेल लगायतका ८ ठाउँमा विश्व महामारीकाे रूपमा देखापरेको काेराेना भाइरस (Covid-19) काे बारेमा सचेतनामुलक कार्यक्रमसहित झण्डै ४५० घरधुरीलाई माक्स, साबुन डिजिटल थर्माेमिटर वितरण गरिएको बताइएको छ ।

राप्तीका बाकी अरु जिल्लामा पनि यो अभियान जारी रहेको युवा संगठन नेपाल राप्ती ब्युरो इन्चार्ज अनिलले जानकारी गराउनुभयाे ।