संसारभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६०,३९८ पुग्याे,

प्रकाशित मिति : शनि, चैत्र २२, २०७६



विश्वभर महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड– १९) बाट मृत्यु हुनेको संख्यामा शनिबार अपराह्नसम्म ६०,३९८ पुगेको छ । यस प्रकाेपबाट पहिलो पीडित राष्ट्र चीन सातौं स्थानमा झरेको छ । काेराेनाबाट मृत्यु हुनेकाे संख्यामा चीनलाई इटाली, स्पेन, अमेरिका, फ्रान्स, बेलायत र इरानले उछिनेका छन् ।

शनिबार अपराह्नसम्म यस महामारीले ६०,३९८ को ज्यान लिइसकेको छ । हालसम्म इटालीमा १४,६८१, स्पेनमा ११,७४४, अमेरिकामा ७४०६, फ्रान्समा ६,५०७, बेलायतमा ३,६०५, इरानमा ३,४५२ र चीनमा ३,३२६ जनाको कोभिड– १९ का कारणा निधन भैसकेको छ ।

संक्रमितको संख्याका हिसाबले भने अमेरिका पहिलो स्थानमा रहेको छ । यतिबेलासम्म विश्वभर ११,३३,८०१ जना कोभिड– १९ बाट संक्रमित भएका छन् । यो अवधिसम्म अमेरिकामा २,७७,६०७, स्पेनमा १,२४,७३६, इटालीमा १,१९,८२७, जर्मनीमा ९१,१५८, फ्रान्समा ८२,१६५, चीनमा ८१,६३९ र इरानमा ५५७४३ जना कोरोनाभाइसबाट संक्रमित भएका छन् ।