सांसदलाई अपहरण गर्नेलाई हदैसम्मको कारवाही गर्न ६ विद्यार्थी संगठनकाे जोडदार माग

प्रकाशित मिति : शनि, बैशाख १३, २०७७



१३ वैशाख ।
नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) लगायत ६ विद्यार्थी संगठनले सांसदलाई जबर्जस्ती  अपहरण गरि मानसिक दवाब दिने कार्यमा संलग्न सम्पुर्णलाई कानूनी कारवाहीको दायरामा ल्याई हदैसम्मको कारवाही गर्न सरकारसँग जोडदार माग गरेका छन् ।

आज बसेको ति संगठनको बैठकपछि जारी संयुक्त विज्ञप्तिमा उक्त माग गरिएको हो  ।

अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जिबी ढकाल,  अखिल (क्रान्तिकारी) केै अध्यक्ष आलोक रायमाझी , नेविसंघका अध्यक्ष राजिब ढुंगाना , समाजवादी बिद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ , राष्ट्रिय विद्यार्थी संघका अध्यक्ष मनिष मिश्र र राप्रबिस (सम्युक्त)का अध्यक्ष धन्सुर शाहीद्वारा हस्ताक्षरित जारी संयुक्त विज्ञप्तिमा राजनीतिलाई विकृत बनाई नेपाली जनतालाई राजनितिक क्षेत्रप्रति नै वितृष्णा गराउने गरि घटाईएको यस अपहरण काण्डमा संलग्न रहेकाहरुलाई सरकारले कारवाही नगरे आफैँले कारवाही गर्न बाध्य हुने चेतावनी दिएका छन्।

संयुक्त प्रेस विज्ञप्ति यस प्रकार रहेको छ –

‘सिङ्गो विश्व कोरोनाको संक्रमणले आक्रान्त भएको अवस्थामा हाम्रो मुलुक पनि कोरोनाको कारण पुर्ण लकडाउन गरि ठप्प भएको समयमा राजनीतिक दल विभाजन गराउने योजना बनाई सांसद अपहरण गरिएको घटना सार्वजनिक हुनुले विश्वसामु सम्पुर्ण नेपालीको शिर निहुरिने अवस्था सृजना भएको छ ।
सबै राजनीतिक दल तथा सम्पुर्ण जनता एकतावद्ध भई कोरोना महामारी विरुद्ध लडिरहेको यस गम्भिर क्षणमा नेपाली राजनीतिलाई नै बदनाम गर्ने तथा लोकतन्त्रलाई कमजोर पार्ने यो अपराधिक तथा लज्जाजनक कार्यको हामी घोर भत्र्सना गर्दछौँ ।
सांसदलाई जबर्जस्ती मानसिक दवाबदिने अपराधिक कार्यमा संलग्न सम्पुर्णलाई कानूनी कारवाहीको दायरामा ल्याई हदैसम्मको कारवाही गर्न हामी सरकारसँग जोडदार माग गर्दछौँ ।
राजनीतिलाई विकृत बनाई नेपाली जनतालाई राजनितिक क्षेत्रप्रति नै वितृष्णा गराउने गरि घटाईएको यस अपहरण काण्डमा संलग्न रहेकाहरुलाई सरकारले कारवाही नगरे हामी आफैँ कारवाही गर्न बाध्य हुनेछौँ ।’