रोल्पामा क्वारेन्टाइनमा राखिएका एक बृद्धको मृत्यु

प्रकाशित मिति : मङ्ल, बैशाख १६, २०७७



रोल्पा,

रोल्पामा क्वारेन्टाइनमा राखिएका एक बृद्धको मृत्यु भएको छ । उनको मृत्यु दमको कारण भएको जनाइएको छ, यद्यपि उनको स्वाव परिक्षणका लागि दाङ पुर्याइएको माडी गाउँपालिका अध्यक्ष नन्द बहादुर पुनले जानकारी दिए ।

माडीगाउँपालिका -२ पारिबाङ घर भएका ६२ वर्षीय तुल बहादुर परियारको सोमबार राति ११ बजे मृत्यु भएको हो। उनि मजदुर नभई दमको उपचारका लागि तिहार लगतै काठमान्डौ गएका थिए ।
इट्टाभट्टाबाट परिवारसँगै फर्किएका परियार ५ दिनदेखि क्वारेन्टाइनमा थिए । भट्टामा परिवारसँगै बसेका उनको वीर अस्पतालमा उपचार हुँदै आएको थियो । उनका छोरा भट्टाको नाइके समेत हुन् ।
कोरोना भाइरसको महामारीका कारण लकडाउन गरिएपछि परिवारसँगै परियार गाउँ फर्किएका थिए ।
पारिबाङमा क्वारेन्टाइनमा राखिएका ४६ जनाको सोमबार थर्मलगनबाट ज्वारो जाँच गरिएको थियो । जाँचका क्रममा सबैको तापक्रम सामान्य रहेको अध्यक्ष पुनले जनाए । मृतकको स्वाब परिक्षणका लागि दाङ पुर्याएको गाउँपालिका अध्यक्षले जानकारी दिए ।