ने.क.पा. दाङ र युवा सङ्गठनद्वारा असहाय, बृद्धबृद्धा, मजदुर परिवारलाई राहत वितरण

प्रकाशित मिति : बिहि, बैशाख १८, २०७७



दाङ, १८ वैशाख ।
नेपाल कम्युनिस्ट पार्टी दाङको आयोजना र युवा सङ्गठन नेपाल राप्ती ब्युरोको समन्वयमा तुलसीपुर बसपार्क तल्लो दलित बस्तीमा असहाय, बृद्धबृद्धा, एकल महिला र अत्यन्त निम्न स्तरका गिट्टी मजदुर परिवारलाई अाज राहत वितरण गरिएको छ ।
काेराेना भाइरस संक्रमणकाे सन्त्रासका कारण भइरहेको लामाे समयकाे लकडाउनले दैनिक मजदुरी गर्न नपाएर समस्यामा रहेका ती बस्तीमा प्रति घर एक हजार र तुलसीपुरकै मैनाबगरमा गिट्टी मजदुर घरपरिवारलाई प्रति परिवार २५ kg चामल राहत वितरण गरिएको बताइएको छ ।
१५ वटा घरपरिवारलाई नगद र १५ घरपरिवारलाई चामल गरि ३० घरपरिवारलाई राहत वितरण गरिएको हो ।
युवा सङ्गठन नेपाल, राप्ती ब्युरो इन्चार्ज अनिलले राहत हस्तान्तरण कार्यक्रममा काेराेना भाइरस अर्थात कोभिड -19 महामारीबाट सचेत हुन यसमा अपनाउनुपर्ने साबधानीको विषयमा समेत आफ्नो भनाई राख्नुभएकाे थियो ।
साथै उहाँले दलाल पुजीवादीहरु सत्ता मोहमा आपसमा हाेडवाजीमा लागेकाे, जनताको दैनिक जनजीवन अझ कस्टकर बन्दै गएको यसको हल गर्न रत्तिभर चेष्टा नभएको भन्दै यसको हल दलाल पुजीवादी संसदीय व्यवस्थाबाट नभइ सामाजवादी व्यवस्थाबाट मात्र हुने जिकिर गर्नुभयो । उक्त राहत वितरण कार्यक्रममा युवा सङ्गठनका केन्द्रीय सदस्य विरेन्द्रले महामारी र संकटको बेला राज्यले बेवास्ता गरेकाे बेला कुनै पनि जनता भाेक र राेेगले मर्न दिने स्थिति अाफुहरुले अाउन नदिने भन्दै त्यस्तो समस्या अाएमा नेपाल कम्युनिस्ट पार्टीलाई सम्झिन पनि अपिल गर्नुभयो । राहत वितरण कार्यक्रमकाे सहजीकरण युवा सङ्गठन दाङका जिल्ला अध्यक्ष विराटले गर्नुभएकाे थियो भने कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका तुलसीपुर नगर सेक्रेटरी अमर लगायतको उपस्थिती रहेको थियो ।