निर्मला खड्काकाे अामाकाे निधनप्रति अखिल (क्रान्तिकारी) रुकमद्वारा हार्दिक श्रद्धाञ्जली व्यक्त

प्रकाशित मिति : मङ्ल, बैशाख २३, २०७७



अखिल (क्रान्तिकारी) रुकुम (पश्चिम) का जिल्ला सचिवालय सदस्य निर्मला खड्काकाे अामाकाे निधनप्रति
अखिल (क्रान्तिकारी) ले हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । अखिल (क्रान्तिकारी) रुकुम (पश्चिम) का जिल्ला अध्यक्ष प्रेम प्रशान्त बाेहराले अाज एक श्रद्धाञ्जली तथा समवेदना वक्तव्य जारी गरि संगठनकी जुझारु एवंम क्रियाशिल सचिवालय सदस्य निर्मला खड्का, बहिनी जमुना खड्का, डोल्मा खड्का र भाइ दिपक खड्का कि ममतामयी आमा निमा खड्काको यहीँ बैशाख १८ गतेका दिन ललितपुरको गोदावरी नगरपालिका ३ टुपिखेलमा असामयिक निधन भएको खबरले संगठनलाई अत्यन्तै मर्माहत तुल्याएको भन्दै यस दु:खद घडीमा मृतक आमाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । साथै सम्पुर्ण शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको छ ।