अ.ने.म.संघ क्रान्तिकारीका केन्द्रीय अध्यक्ष बन्धु चन्द रिहाइ

प्रकाशित मिति : मङ्ल, बैशाख २३, २०७७



अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय अध्यक्ष बन्धु चन्द रिहाइ हुनुभएको छ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य समेत रहनु भएका बन्धु चन्द झन्डै १४ महिनापछि मंगलबार सर्वोच्च अदालतबाट रिहा गर्न आदेश दिएपछि कपिलवस्तुको तौलिहवाबाट रिहा हुनु भएको हो ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई सरकारले प्रतिबन्ध लगाउनु अघि २०७५ फागुन ११ गते उहाँलाई अछामबाट गिरफ्तार गरेर अहिलेसम्म विभिन्न अाधा दर्जन भन्दा बढी जिल्लामा प्रहरीले घुमाइ सकेकाे थियो ।

सुरुमा अछाम, बाँके, बर्दिया, कैलाली, पुनः बर्दिया, पुनः बाँके र दाङकाे जेल हिरासतमा प्रहरीले राखिएकाे थियोे
तर उहाँलाई यसरी पटकपटक गिरफ्तार गरि जेल हिरासत राखिरहने कुनैपनि प्रमाण नभेटिएको भन्दै पटकपटक साेही जिल्लाका जिल्ला प्रशासन कार्यालयहरुले छाेड्ने अादेश दिइराखेकाे भएपनि माथिको अादेश भन्दै प्रहरीकाे टाेलीले गिरफ्तार गरिरहेको थियो ।
यसपटक भने मंगलबार उहाँलाई सर्वोच्च अदालतबाट रिहा गर्न आदेश दिएपछि कपिलवस्तुबाट रिहाइ गरिएको छ ।