विश्वभर काेराेना भाइरसकाे संक्रमणबाट ७८ जना नेपालीकाे मृत्यु

प्रकाशित मिति : आइत, बैशाख २८, २०७७



विश्वभर काेराेना भाइरस संक्रमणबाट ७८ जना नेपालीकाे मृत्यु भएको छ । विश्वभर संक्रमित हुनेको संख्या ५ हजार ५ सय ८१ पुगेको छ । गैरअावासीय नेपाली संघ (NRNA) अन्तर्गतकाे स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक अनुसार सबैभन्दा धेरै बेलायतमा ५१ जना नेपालीको मृत्यु भएको छ ।

यस्तै अमेरिकामा मृत्यु हुने नेपालीको संख्या १५ पुगेको छ । युएईमा ६ जना, अाएरल्याण्ड, नेडरल्याण्ड, बहराइन, टर्की र स्वीडेनमा १/१ जनाको मृत्यु भएको छ । २ हजार भन्दा बढी नेपाली काेराेना भाइरस संक्रमणबाट भएका छन् ।