चन्द्र बहादुर बुढाकाे जनवादी विवाह सम्पन्न, विवाह खर्च अस्पताल निर्माण र सहिद परिवारलाई प्रदान

प्रकाशित मिति : बुध, बैशाख ३१, २०७७



नेपाल कम्युनिस्ट पार्टीका रुकुम पश्चिम जिल्ला इन्चार्ज चन्द्र बहादुर बुढाले बुधबार प्रगतिशील तथा जनवादी विवाह सम्पन्न गर्नुभएको छ । रुकुमकाे आठविसकाेट नगरपालिका वडा नम्बर ८ निवासी बुढाले नेकपाकै विद्यार्थी संगठनमा आबद्ध रुकुमको खारा निवासी मेनुका ओलीसँग भुमिगत स्थानमा जनवादी विवाह सम्पन्न गर्नुभएको हो ।

तत्कालीन अख्तियार प्रमुख लाेकमानसिंह कार्कीलाई कालाे माेसाे दलेर चर्चामा आएका बुढा सम्लग्न रहेको पार्टी विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई सरकारले प्रतिबन्ध लगाएपछि विवाह पनि भुमिगत गर्नुभएको हो । उक्त विवाहलाई ने.क.पा. राप्ती ब्युरोले अनुमति दिएपछि जनवादी शैली अनुसार विवाह सम्पन्न भएको बताइएकाे छ । बिहेमा हुनेछ फजुल खर्चलाई समाजसेवामा लगानी गर्नुभएको छ ।

रुकुमको आठविसकाेट नगरपालिकामा निर्माण गरिएको काेराेना अस्पतालकाे लागि २५ हजार र सहिद गाेकुल राना ‘महान’ का (जीवनसंगिनी मालती राना) परिवारलाई बबई गाउँपालिका धनुबास दाङ निवासीलाई २५ हजार सहयोग गर्नुभएको छ । बिहे खर्चको लागि छुट्टयाइएको उक्त ५० हजार समाजसेवामा लगानी गरिएको बताइएको छ ।