विद्यार्थी दिवस र हाम्रो कार्यभार: प्रकाश शाही

प्रकाशित मिति : बिहि, जेष्ठ १, २०७७



सर्वप्रथम सम्पूर्ण यूवा विद्यार्थी साथीहरूलाई ५६ औं विद्यार्थी दिवसको शुभकामना! आज जेष्ठ १ गते नेपालको विद्यार्थी आन्दोलनको एेतिहासिक दिन पन्चायती शासकहरूको एक दलीय तानाशाहका विरूद्ध नेपालका यूवा विद्यार्थीहरूले संगठित रूपमा गोर्खा भर्तिकेन्द्रको खारेजी, आफ्ना हक़ अधिकार र राष्ट्रघात विरूद्ध न्यायको आवाज बुलन्द पारेको दिन साथै साथै न्याय समानता र विद्रोहको प्रतिक प्रगतिशील, वामपन्थी विद्यार्थीहरूको साझा संगठन अखिलको स्थापना भएको दिन एउटा गौरवको दिन ईतिहास निर्मम हुन्छ, सहजै ईतिहास निर्माण हुदैन । हाम्रो यो ईतिहास पनि एउटा भीषण प्रक्रिया बाट बनेको छ यो अवधिमा हामीले आन्दोलन,संघर्ष मात्र गरेनौं हामीले चिनीयाकाजी,मित्रमणी, दिलबहादुर, बेनोज लगाएत सयौं भविष्यका होनहार आफ्ना नेता कार्यकर्ताहरूको बलिदान गरेका छौं । अनि मात्र यो जग निर्माण भएको छ त्यस अर्थमा आजको दिन विशेष स्मरणीय छ हामी ति सबै महान शहीद वेपत्ताहरू प्रति हार्दिक श्रद्दान्जली र स्मरण गर्दछौं र ति महान परिवारका सबै आमा बुवाहरू लाई सम्मान व्यक्त गरौं!
यो गर्भिलो ईतिहास बोकेको संगठन पछिल्ला दशकहरूमा विद्यार्थी दिवस र यसका बाँकी कार्यभारका बिषयमा नेपाली विद्यार्थी आन्दोलन त्यसमा पनि वाम विद्यार्थी आन्दोलन दिशाहीन भएको अनुभुति हुन्छ, हिजो राष्ट्र राष्ट्रियता असमान संन्धी संझौता र अाफ्नो हक अधिकारका लागी संघर्ष गर्ने विद्यार्थी संघ संगठनहरू आज ठेक्का पट्टा,गुन्डागर्दी स्वकिय र लाईसेन्स दिलाउने नांगो दलालीमा फस्दै जानु र बाहिरका पनि दिशाहीन हुनु नेपाली यूवा विद्यार्थीहरूका लागी विडम्बनाको बिषय मान्नु पर्दछ । जतिबेला अखिलको स्थापना हुदै थियो नेपालमा राजनैतिक दलहरू प्रतिवन्धीत अवस्थामा थिए नागरिक आवाज राजाको बुटले कुल्चीएको थियो त्यो प्रतिकूल अवस्थामा नेपाली नागरिकको राजनैतिक हक र आफ्ना शैक्षिक सवालमा संगठनको आफूलाई खरो उतारेको थियो त्यति बेला राजनैतिक दलका समेत कतिपय काम संगठनहरूले गर्दथे एक हिसावले संगठन दल भन्दा पनि सक्रिय अगाडिको भुमिकामा थियो ।संगठनको यो क्रियाशीलताबाट त्यति बेलाका पन्चेहरू पनि अत्तालिएका थिए संगठनको पहलमा हुने आफ्नो हक संघर्ष जनाधिकारका आन्दोलन मानवता विरूद्धका घटनाका आन्दोलनले नै यो आन्दोलन राष्ट्रिय अन्तराष्ट्रिय रूपमा स्थापित थियो । विद्यार्थीहरूले बोलेको बिषय शासकहरू सुन्न बाध्य हुन्थे पाकिस्तानमा भएको घटनालाई लिएर गरिएको विरोध तातिदै जांदा वहुदल र निर्दल भन्ने जनमत संग्रहमा परिणत भयो । भलै परिणाम शासकको पक्षमा आए पनि यसले प्रजातन्त्रको आधार खडा गर्ने काम गर्यो यो गौरवपूर्ण ईतिहास बोकेको नेपाली विद्यार्थी आन्दोलनको वर्तमान निकै दयनीय र टिठ लाग्दो किन भयो ? आजका विद्यार्थी नेता कार्यकर्ताहरूले गहिरो समिक्षा गर्नु जरूरी छ । समिक्षा हामीले धेरै पाटा र पक्ष बाट गर्नु जरूरी र अनिवार्य छ । त्यस पनि हाम्रो आन्तरिक पाटो यहाँ केलाउने सान्दर्भिक ठानेको छु । हामीले कुनै पनि काम वा योजना गर्दा हामीलाई प्रत्यक्ष प्रभाव पार्ने कुराको बिषयमा नै हेर्नु जरूरी हुन्छ । त्यसैले हामी जोडिएको राजनीतिक पार्टी,पार्टीले बनाउने नीति कार्यक्रम र त्यसले संगठन निर्माण र परिचालनमा लिने कदमले प्रभाव पार्दछ । हाम्रोमा हाम्रा राजनीतिक पार्टी त्यसका संगठन संगठन परिचालनका विधी पद्धति र नेतृत्वको निर्माण पुरानै धारबाट परम्परा धान्ने हिसावले गरिएको हुदा हामीमा अवसर परस्त चरित्र दृष्टिकोण आदीका कारणले यो आन्दोलन नाम मात्रको संझौता परस्त र स्वार्थहरूको झुण्ड जस्तो हुन गएको छ । यद्यपि केही अपवाद पनि छन जुन आफूलाई विकास गर्ने चरणमा छन् यहाँ आमको कुरा गर्न खोजिएको छ ।
त्यसैले हिजोको हाम्रो गौरवमय ईतिहास र वर्तमानमा हाम्रो शिक्षा, स्वास्थ्य, रोजगारी, राष्ट्रियता जनजीवन र आत्मसम्मानका लागी सोच्ने हो एक पटक नेपाली यूवा विद्यार्थीहरूले आफ्नो पुरातन सोच र नियति नै यस्तै हो भन्ने हिनतावादी मानसिकताबाट माथी उठेर निर्णायक पहल लिन अब ढिला हुदैछ, भ्रष्टाचार, सामाजिक अव्यवस्था र केही हुदैन भन्ने यूवा मनोविज्ञान लाई गहिराईमा गएर केलाउन र आत्मविश्वास जगाउन हामी संगठनका नेता कार्यकर्ताहरूले निर्णायक पहल थाल्नु अनिवार्य भएको छ । जसका लागी हामीले हाम्रो संगठनमा निम्न आवस्यक सुधार गर्नु पर्ने देखिन्छ ।

१- सांगठनिक संरचनामा परिवर्तन-

यदि हामी अहिलेका तमाम समस्या संगठनको बलमा हल गर्ने उद्देश्य राख्छौं भने अहिलेको परिवेश र संरचना बुझ्न सक्ने संगठन नेतृत्व निर्माण गर्नु आवश्यक छ । हिजोकै पुरानो परिवेश र संरचनाबाट अहिलेका विषय हल हुन सक्दैन । आम विद्यार्थीहरूसंग जोडिएको यहाको शैक्षिक संरचना, पाठ्यक्रम र आन्दोलनको आवश्यकता अनुसारको संगठन निर्माणमा यसका अन्य संरचनामा समयानुकूल परिवर्तन अनिवार्य भएको छ ।

२.आवधिक कार्यओजना निर्माणमा ध्यान-

हामी नेता कार्यकर्ताहरू संगठनको निर्माण विस्तार र मुद्दाहरूको उठाना पनि पुरानै तौर तरिका र शैलीमा अभ्यस्थन छौं । जसले गर्दा पनि आन्दोलन कर्मकाण्डी, अकरमण्य र संझौता परस्त भई रहेका छन् । हामी कहॉ पुग्ने कसरी पुग्ने भन्नेमा प्राय अन्यौल रहन्छौ जसले गर्दा पनि हाम्रो आन्दोलन संघर्षमा समस्या पैदा हुन्छ । त्यसैले पनि हामीले संगठन आन्दोलन मार्फत गर्ने कामहरू लाई यसको प्रकृति अनुसार तत्कालिक र दीर्घकालिक गरी योजना निर्माण गर्नु पर्दछ । सकिने जति कामको योजना निर्माणमा ध्यान दिदा आन्तरिक र बाह्य दुबै तिर विश्वास पैदा हुने र संगठन गतिशील हुदा कार्यकर्तामा ऊर्जा जगाउछ यही हौसलाले नयाँ पुस्ता जोड्न र संगठन जीवन्त बनाउन मद्दत गर्ने हुदा हामी संगठन र योजना आवधिक गरेर जानेमा होसियार रहनु पर्दछ ।

३. संगठनलाई आत्मनिर्भर बनाउनमा ध्यान-

स्वाभाविक ढंगले विद्यार्थी संगठन अन्य संगठन भन्दा आर्थिक रूपमा कमजोर हुन्छ यसको आफ्नो आय श्रोत हुदैन । त्यसैले पार्टीले वा पार्टीले तोकेको दाताले हेर्नु पर्दछ भन्ने पुरानो जड मान्यता वास्तवमा हाम्रो आन्दोलन र नेता कार्यकर्ताहरूको व्यक्तित्व विकासमा कहि कतै बाधक रहेको छ । विशेष सन्दर्भमा पार्टी र दाताहरूबाट पनि सहयोग लिनु पर्दछ तर सामान्य अवस्था वा आन्दोलनको सन्दर्भमा हामी बढि दाताहरूमा निर्भर रहन्छौं जसले गर्दा आन्दोलन नजानिदो रूपमा आन्दोलन कर्ता भन्दा दाताहरूको दवाबमा निर्भर रहने खतरा हमेशा व्यहोरेका छौं । त्यसैले संगठन निर्माण र आन्दोलनको परिचालनको सन्दर्भमा हामी संगठनको आन्तरिक व्यवस्थापन त्यो आफ्नै उत्पादनमा निर्भर हुने गरि हामीले काम गर्नु पर्दछ जसले संगठनमा नैतिकता र उभार पैदा गर्दछ अन्यथा संगठन निर्माण गर्ने तर परिचालन र आन्दोलन अन्य तरिकाबाट गर्ने हुदा समस्या पैदा भएका छन् । त्यसैले सकिने जति संगठन निर्माण र नियमित लेवी सामूहिक उत्पाद र संस्थागत खर्चमा ध्यान दिनु पर्दछ नेताले आफ्ना सबै किसिमका हिसाब किताब नियमित र पारदर्शी बनाउनाले कार्यकर्तामा विश्वास संचार र नेतामा नैतिक तागत पैदा हुदा संगठनलाई हरेक कठिनाईको सामना गर्न ठूलो मद्दत मिल्छ यसकारण भाड़ा मान्छेबाट होईन विचार राजनीति र आत्मनिर्भर कार्यकर्ता निर्माण विशेष ध्यान दिन जरूछ ।

४. वर्गसंग जोडिएको संगठन-

आज संगठन निर्माण र आन्दोलन नउठ्नुको कारण मध्य सर्वहारा वर्गीय पक्षधरता नहुनु पनि प्रमुख समस्या हो । त्यसैले नेतृत्व निर्माण र स्कुलिगंहरूमा वर्गीय पक्षधरता जस्ता बिषयलाई संगठनले गंभीर रूपमा ध्यान दिएर जोड्नु जरूरी छ । नेतृत्वको निर्माण आन्दोलनको आवश्यकताले हुने कुरा सहि हुदाहुदै पनि नेतृत्व निर्माण हुने ठाउं हाम्रो वर्ग र विचारका मान्छे पुराउन सकियो कि सकिएन त्यसले पनि धेरै हद सम्म संगठन र आन्दोनको भविष्य निर्धारण गर्दछ । त्यसैले संगठनको आफ्नो राजनैतिक विचार वर्गप्रति ईमानदार हुने दृष्टिकोणमा प्रष्ट भएका साथीहरूलाई संगठनमा प्राथमिकता दिनु जरूरी छ । त्यसैले वर्गीय पक्षधरता हाम्रो संगठन र आन्दोलनमा प्राथमिकताको बिषय बन्न जरूरी छ । जुन विचार दृष्टिकोणसंग जोडिन्छ त्यस आधारमा नेतृत्व निमार्ण हुन्छ ।

अन्त्यमा

माथिका विषयले ल्याउने सुधार र अहिलेको हाम्रो परिस्थिति र दायित्वको सन्दर्भमा हामीले आफूलाई जोगाउदै आफ्नो वर्ग र समुदाय,राष्ट्र,राष्ट्रियताको पक्षमा उभ्याउनु अनिवार्य भएको छ । विश्वलाई तरंगित पार्ने गरी फैलिएको कोरोना महामारीले विश्व व्यवस्थाकैबारे पनि विभिन्न कोणहरूबाट छलफलहरू भैरहेको छन् र हुने छन् । हाम्रो देशमा पनि अहिलेको अव्यवस्था र विकृत सरकारको बारेमा नयाँ बहसहरू चलेका छन् यी बहसहरू र संघर्षहरूलाई कसरी क्रान्तिकारीहरू पक्षमा विस्तार गर्न सकिन्छ यो हाम्रो पहिलो दायित्व हो । त्योसंगै राष्ट्रियताको सवाल सन १८१६ को सुगौली संन्धी यता निरन्तर उठेको छ । पछिल्लो समय भारतले नांगो रूपमा हस्तक्षेप बढाएको मात्र छैन की यो यति मात्रमा सिमित नरहि विवादित ठाउंहरूमा छिमेकीलाई आक्रोसित पार्ने गरि भौतिक पुर्वाधार निर्माण गरेरै जाने लिपुलेक जोड्ने रोड विस्तारले संकेत गर्दछ । त्यसैले यसको राजनैतिक, कुटनैतिकमार्फत समाधान साथै आवश्यकतामा सामरिक प्रतिरोध पनि गर्ने गरि नयाँ पुस्तालाई जागरूक गराउनु अनिवार्य भएको छ । यि महत्वपूर्ण कार्यभारका साथै शिक्षा,स्वास्थ्यमा भएको निजीकरण व्यापारीकरणहरूको पनि जमेर मुकाविला गर्नु समाजवाद उन्मुख देशको यूवा विद्यार्थीहरू संगठनको कर्तव्य भएको छ । जसको सामाना हामी व्यवस्थित संगठन र वर्गप्रति ईमानदार नेतृत्वबाट हासील गर्न सक्दछौं । आजको विद्यार्थी दिवसले हामी सबै यूवा विद्यार्थीहरूमा त्यो गौरवमय ईतिहासको सम्मान र वर्तमानको नेतृत्व गर्ने तागत श्रृजना गरोस् ५६ औं विद्यार्थी दिवसको पुन: शुभकामना !

लेखक: अखिल (क्रान्तिकारी) महासचिव हुनुहुन्छ ।