दलाल राज्य व्यवस्था र लिपुलेकमाथि साम्राज्यवादी हस्तक्षेप

प्रकाशित मिति : शुक्र, जेष्ठ २, २०७७ - कलम विश्वकर्मा 'दिपेन्द्र'



सामाजिक दलाल पुँजीवादको कारण नेपालको राष्ट्रियता यतिबेला सर्वाधिक खतरामा परेको छ । विगत देखि नै राष्ट्रियता नेपाली राजनीतिको प्रमुख मुद्दाका रुपमा रहेको छ । भारतसँग सिमाना जोडिएका तराईका २१ वटा जिल्लाको ६२ वटा ठाँउमा ६१ हजार हेक्टर जमिन अतिक्रमण गरिएको छ । सिमा स्तम्भ दिनप्रतिदिन सारिने र गायब गर्ने क्रम बढेको छ । नेपाली भूमि अतिक्रमण, नदिमा एकतर्फी बाँध निर्माण, भारतीयहरुको दादागिरी र साम्राज्यवादी उत्पीडनबाट नेपाली जनताहरु‌ समस्यामा परेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चिन भ्रमणमा गएको बेला सन् 2015 मे 15 मा‌ चिन र भारतको बिचमा नेपाललाई थाहा नदिई लेपुलेकलाई दुईपक्षिय ब्यापारिक नाका बनाउने सम्झौता भएको थियो । अघिल्लो वर्ष भारतले कालापनी र लिपुलेकलाई अाफनो देशको भ भूभागमा राखेर नक्सा सार्वजनिक गरेको थियो । अहिले आएर भारतिय रक्षामन्त्री राजनाथसिहले भारतको पिथौरागढदेखि नेपालको दार्चुला जिल्लामा पर्ने लिपुलेक हुँदै तिब्बतको मानसरोवार जोड्ने सडक भिडियो कन्फ्रेन्स मार्फत दिल्लीबाट उद्घाटन गरेका छन् । नेपाली जनता कोरोना माहामारी विरुद्धको संघर्षमा अाफ्नो घरको कोठामा बन्दी भएकाबेला भारतीय साम्राज्यवादले नेपाली भूमि लिपुलेक अतिक्रमण गरेको छ । भारतीय साम्राज्यवादको अतिक्रमण विरुद्ध लकडाउनकै बिचमा पनि जनप्रिय पार्टी ने.क.पा. र देशभक्त शक्तिहरु यतिबेला सडक तताईरहेका छन् ।
नेपाली माटोलाई माया गर्ने देशभक्त शक्ति र साम्राज्यवादको चाकरी गर्ने अात्मसमर्पणवादी शक्तिको बिचमा राष्ट्रियताको मुद्दामा संघर्ष हुँदै आएको ईतिहास छ । देशभक्तहरुले देशको स्वाभिमान कायम गरेका छन् । बेलायती साम्राज्यवादका विरुद्धको संघर्षमा नालापानीको लडाईमा बलभद्र कुवर र भक्ति थापाले आफ्नो देशको सुरक्षाको‌ लागि जीवन बलिदान गरेर बहादुरीको ईतिहास बनाएका छन् । साम्राज्यवादका दलालहरुले गुलामीको ईतिहास बनाएका छन् । जंग बहादुर राणाले बेलायती साम्राज्यवादलाई खुसी बनाउन ठूलो उपहार साथमा लिएर बेलायतको भ्रमण गरेका थिए । सन 1857 मा बेलायती साम्राज्यवाद विरुद्ध भारतमा भएको सैनिक विद्रोह दबाउन सेना लिएर आफै युद्धमा सहभागि भएका थिए । बेलायती माहारानी भिक्टोरियाको जन्म दिवस नेपालमा धुमधामका साथ मनाउने परिपाटी मिलाएका थिए । यसरी बेलायती साम्राज्यवादको चाकडी गरेर जंग बहादुर राणाले गुलामीको ईतिहास बनाएका छन् । यी गतिबिधिहरु बुझेर महान दार्शनिक तथा सर्वहारा वर्गका नेता कार्ल माक्र्सले जंग बहादुरलाई बेलायतको कुकुर भन्नु भएको छ । जंग बहादुर राणाले बेलायती साम्राज्यवादको कति गुलामी गर्दथे भन्ने कुरा माक्र्सको यस भनाईबाट राम्रोसँग पुष्टि हुन्छ‌ ।

केपि पिकेले नेतृत्व गरेको सामाजिक दलाल पुँजीवादी सरकार पनि जंग बहादुर राणाको पथमा अगाडी बढेको छ । दलाल राज्यको आत्मसमर्पणबादी नीतिको कारण भारतीय साम्राज्यवादले नेपाल र नेपाली जनतामाथि हस्तक्षेप गरिरहेको छ । सामाजिक दलाल सरकारसँग राष्ट्रियताबारे स्पष्ट दृष्टिकोण छैन । केपिको सामाजिक पुँजीवादी दलाल सरकारले नेपाली भूमि लिपुलेकमा भारत र चीन जोड्ने सडक निर्माणको विरुद्धमा आवाज उठाउने देशभक्त युवा, विद्यार्थी र नागरिक समाजलाई सम्मान गर्नु त कता हो कता उल्टो गिरफ्तार गरिरहेको छ । लिम्पियाधुरा, लिपुलेक हाम्रो हो, भारतिय साम्राज्यवाद मुर्दावाद र लिपुलेकमा सडक निर्माणको काम बन्द गर भनेर नारा लगाउँदा सामाजिक दलाल केपिको सरकारले गिरफ्तार गर्नुले यो सरकार साम्राज्यवादको गुलाम हो भन्ने कुरा प्रस्ट भएको छ । कम्युनिस्टको खोल अोडेर कम्युनिस्ट विरुद्ध दमन गर्नु, सिद्धान्त एउटा हुनु र व्यवहार अर्को गर्नु, भनाई र गराईमा अन्तर हुनु, नक्कली राष्ट्रवादको नाटक गरेर राष्ट्रघात गर्नु, स्वाधिनताको नाटक गरेर आत्मसमर्पण गर्नु, कुर्सीको लागि साम्राज्यवादसँग सम्झौता गर्नु सामाजिक दलाल पुँजीवादको चरित्र नै हो ।

देशको राष्ट्रियता खतरा परेको छ । भारतीय साम्राज्यवादले‌ नेपाली भूमि लिपुलेक अतिक्रमण गरेको छ । यतिबेला नेपाली देशभक्त युवाहरु भारतीय साम्रज्यवादी हस्तक्षेप विरुद्ध देशको सुरक्षा गर्न तयार हुनुपर्छ । सधैँ अाफ्नो श्रम र पसिना साम्राज्यवादी, पुँजीवादीहरुको लागि बगाउने होइन जनताको मुक्ति र देशको स्वाधिनताको लागि आवश्यक पर्यो भने रगत दिन पनि तयार हुनुपर्छ । भारतीय साम्राज्यवादी हस्तक्षेप विरुद्ध जनताको प्रतिरोधले मात्र देशलाई बँचाउन सकिन्छ ।
‌‌ ‌
साम्राज्यवादबाट संरक्षित अहिलेको सामाजिक दलाल पुँजीवादी सरकारले देशलाई समृद्ध र स्वाधिन बनाउन सक्दैन । सामाजिक दलाल पुँजीवादले सत्ताको लागि साम्राज्यवादको अगाडि आत्मसमर्पण गरेको छ ।दुई तिहाईको कथित नेकपा (नेकपा)को सरकार दिनहुँ सिमाना मिचिदा, नेपाली भूमि लिम्पियाधुरा लिपुलेकमाथि भारतीय साम्राज्यवादी हस्तक्षेप हुदाँ पनि चुप लागेको छ । सामाजिक दलाल सरकारले देशमा भ्रष्टाचार, राष्ट्रघात र जनघात गरेको छ । यो सरकारलाई देश र जनताको भन्दा पनि कुर्सिको माया बढी छ ।

यतिबेला देशको राजनीति अग्रगामी र पश्चगामी, राष्ट्रघाती र राष्ट्रवादी धारमा ध्रुवीकरण हुने सम्भावना बढेर गएको छ । देशका सम्पुर्ण लोकतान्त्रिक, देशभक्त, वामपन्थी शक्तिहरु एकताबद्ध भएर भारतीय साम्राज्यबाद विरुद्ध स्वाधिनताको संघर्ष गर्नुपर्छ । देशैभरि भएका सिमाना अतिक्रमण र नेपाली भूमि लिपुलेकमा भारतीय साम्राज्यवादले गरेको हस्तक्षेप विरुद्ध राष्ट्रिय मुक्ति युद्ध लड्न पनि तयार हुनु पर्छ । गुलामी होइन विरताको ईतिहास बनाउन तयार होऔं देशभक्तहरुको जीत निश्चित छ ।

– लेखक नेपाल कम्युनिस्ट पार्टी, दैलेखका जिल्ला इन्चार्ज हुनुहुन्छ ।