युवा संगठन जनकपुर ब्युरोद्वारा भारतीय अतिक्रमणका विरुद्ध मसालजुलुससहित माेदीकाे पुत्ला दहन

प्रकाशित मिति : शनि, जेष्ठ ३, २०७७



युवा संगठन नेपाल जनकपुर ब्युरोले भारतीय अतिक्रमणका विरुद्ध मसालजुलुस, माेदीकाे पुत्लासहित काेणसभा गरेको छ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल जनकपुर ब्युरोकाे अायाेजनामा शनिबार महाेत्तरीमा साेही ब्युरोका शेखरको नेतृत्वमा मसालजुलुस गरिएको बताइएको छ । मसालजुलुसपश्चात महोत्तरीको बर्दिबास चोक काेणसभा पनि गरिएको छ ।

सभालाई युवा संगठन नेपाल जनकपुर ब्युरोका संयाेजक शेखरले सम्बोधन गर्दै कोरोनाको महामारीको मौका छोपेर सिमा अतिक्रमण गरि सडक बनाएकोप्रति अाक्राेश व्यक्त गर्दै त्यसको विरोधमा सम्पुर्ण नेपाली युवा राष्ट्रिय स्वाधीनताको लडाइँमा सरिक हुन अाह्वान गरनुभयाे ।

उहाँले भन्नुभयाे-‘कोरोनाको मौका छोपी नेपालका दलाल संसदीय व्यवस्थाका मत्तियारहरु जनताको राहतलाई पठाएको चामल पनि लुकाउने, तेल पनि लुकाउने घृणित काम गरेका छन्, हुदा हुदा भ्रष्टचारीलाई लुकाउने काम गरेका छन् ।’
ती भ्रष्टाचारीहरुलाई लकडाउन खुलेपछि अाफ्नाे संगठनले कार्बाही गर्ने गरि छाड्ने बताउनुभयो ।