कोरोनाबाट दाेस्राे व्यक्तिको मृत्यु

प्रकाशित मिति : आइत, जेष्ठ ४, २०७७



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बााँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु कोरोना भाइरसका कारण भएको पुष्टि गरेको छ । यो संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवकको अाइतबार बिहान एक्कासि स्वास्थ्यावस्था असामान्य भएपछि क्वारेन्टाइनमै मृत्यु भएको थियो । उनको स्वाब परीक्षण गर्दा कोरोना भाइरस पुष्टि भएको आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन ।
यसैबीच , कोरोना भाइरसबाट मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीय महिलाको शिशुलाई धुलिखेल अस्पतालको आइसोलेसनमा राखिएको छ । शिशु महिना नपुग्दै जन्मिएको र आमा कोरोना संक्रमित भएर मृत्यु भएकाले विषेश निगरानी गरिएको छ ।
शिशुमा जण्डिस देखिएको अस्पतालले जानकारी दिएको छ । बालरोग विषेशज्ञको निगरानीमा शिशुलाई अस्पतालमा राखिएको हो । शनिबार मृत्यु भएकी महिलाले गत वैशाख २४ गते त्रिवि शिक्षण अस्पतालमा गर्भवती भएको सातौं महिनामा बच्चालाई जन्म दिएकी थिइन् । मृतक महिलालाई कोरोना पुष्टि भइसकेपछि उनको उपचारमा संलग्न १० जना चिकित्सक एवं स्वास्थ्यकर्मीलाई क्वारेनटाइनमा राखिएको छ ।