रुकुममा पनि अखिल (क्रान्तिकारी) द्वारा सिमा अतिक्रमणको विरोधमा माेदीकाे पुत्ला दहन, काेणसभा

प्रकाशित मिति : मङ्ल, जेष्ठ ६, २०७७



नेपाली भूमि भारतद्वारा अतिक्रमण गरिएको विरोधमा राप्तीका विभिन्न जिल्लामा विरोध कार्यक्रम गरिएकाे छ ।

यसैक्रममा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) रुकुमले पनि मुसिकाेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे पुत्ला दहन गर्नुका साथै काेण सभा गरेका हुन् ।

कोण सभामा बाेल्दै अखिल (क्रान्तिकारी) राप्ती ब्युरो संयाेजक दिपक बिष्टले भारतद्वारा अतिक्रमण गरिएको भूमि फिर्ता हुनुपर्ने बताए । यसको लागि सरकारले कुटनैतिक हल गर्न नसकेको र अहिलेको दलाल सरकारका मन्त्री तथा प्रधानमन्त्री खोक्रो राष्ट्रवाद दुहाइ दिई नेपाली जनतालाई भ्रममा पारी आफ्नो लुटको स्वर्ग बचाउन खोजेको जिकिर गरेका छन् ।

ने.क.पा. माथिको प्रतिबन्ध सरकारले आफ्नो आयु लम्ब्याउने आसामा गरेको हो तर यो सरकार अस्ताउन लागेको सुर्य र ने.क.पा.ले भन्दै गरेको बैज्ञानिक समाजवाद क्षितिजमा झुल्किदै गरेको आफुले देखिरहेको र सबै नेपाली क्रान्तिकारी जनताले पनि देख्नुपर्ने बताए । यो अभियान राष्ट्रियताको भएकाले सबै नेपालीले आ- आफ्नो ठाउँबाट सिमा अतिक्रमण विरुद्ध आवाज उठाउनु पर्ने जरुरी भएको बताए ।