बैतडीका एक जनप्रतिनिधिले स्थानीय निकायकै स्राेत अपचलन गरिरहेकाे भन्दै नेकपाद्वारा घाेर भत्र्सना

प्रकाशित मिति : मङ्ल, जेष्ठ ६, २०७७



 

बैतडीका स्थानीय निकायका एक जनप्रतिनिधिले स्थानीय निकायकै स्राेत दुरुपयोग तथा अपचलन गरिरहेकाे भन्दै नेपाल कम्युनिस्ट पार्टी बैतडीले घाेर निन्दा एवं भत्र्सना गरेको छ ।

पार्टीका जिल्ला इन्चार्ज किरण र सेक्रेटरी परिवर्तनले संयुक्त एक विज्ञप्ति जारी गरि बैतडीको पुर्चौडी नगरपालिकाका मेयर रण बहादुर कुँवरले स्थानीय निकायकै स्राेत दुरुपयोग तथा अपचलन गरिरहेकाे, सरकार र शक्तिको अाडमा विभिन्न विवादास्पद घृणित कार्य गरिरहेकाे भन्दै तत्काल स्पष्टीकरण सहित बानी व्यबहार सुधार नगरे कडा संघर्षमा उत्रिने चेतावनी दिनुभएको छ ।

विज्ञप्तिमा लेखिएको छ-‘ पुर्चौडी नगरपालिकाको पैसा दुरुपयोग गर्न दश लाख भन्दा माथिका योजना आफ्ना आसेपासेको नाममा टेन्डर गरेको, बाँकी स-साना योजनाहरुका अध्यक्षहरुबाट कमिसन लिदै गरेको, आफ्नो गाडी र नगरपालिकाको गाडी टिप्पर, एम्बुलेन्सको टायर वर्षमा १३ पटक बदलेर चरम भ्रष्टाचार गरेको, मनपरि ढंगले ठुलठुला योजना जति आफ्नो गाउँ कुवाकोट हालेको र दुई तिहाई सरकार शक्तिकै आडमा जाडरक्सी सेवन गरि कर्मचारी, सर्बसाधारण माथि दादागिरी मच्चाएको विषयलाई लिएर अाफ्नाे पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै मेयर कुँवरको उक्त घिनलाग्दो गतिविधिको हाम्रो पार्टी घोर निन्दा र भत्सर्ना गर्दछ ।’

विज्ञप्तिमा भनिएकाे छ -‘भ्रष्टाचारको विषयलाई लिएर हुलाकका कर्मचारी, सर्बसधारण र मेयर बीच भएको वादविवादमा जनताले दिएको मेन्डेट्को उपहास र पदको दुरुपयोग गरि लकडाउन उल्लंघन गर्दै आफ्ना आसेपासे, नेताकार्यकर्ता बोलाइ प्रहरी चौकी घेराउ गर्न लगाएर हुलाकका कर्मचारी, सर्बसधारण जनतालाई कुटपिट गरेर, बिजयसुन्दर नाम गरेको लुटेराको प्रत्यक्ष आदेशमा नगरपालिका भित्रका कम्प्युटर, कुर्सी तोडफोड आफ्नै नेताकार्यकर्ताहरुबाट गराइ सोझा सिधा कर्मचारी र जनताहरुलाई झुठा मुद्दामा उल्टै फसाएर प्रहरी चौकी हाटका हल्दारसहित प्रहरी जवानहरुलाई हातपात गरि आतंक मच्चाएको विषय रहस्यमय छ । जनयुद्धको झ-झल्को दिने गरि निहु खोजेको मेयर रण ब.कुँवरलाई जनताले खोजेको नगरपालिका भित्रका कालाकर्तुतहरु तत्काल स्पष्ट पार्न र निर्दोष कर्मचारी र सर्बसधारण जनताहरुलाई तुरुन्तै स-सम्मान रिहाई गर्न माग गर्दछौँ ।’
माथी उल्लेखित कालाकर्तुतहरु तत्काल स्पष्टीकरण सहित बानी व्यबहार सुधार नगरे नेपाल कम्युनिस्ट पार्टी कडा प्रतिबाद सहित संघर्षमा उत्रने चेतावनी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
विज्ञप्तिकाे पूरा पाठ-
हाम्रो महान तथा गौरवशाली पार्टी, नेपाल कम्युनिस्ट पार्टी विकृति, विसङ्गति, भ्रष्टाचार, राष्ट्रघात, जनघात, कालोबजारीका विरुद्धमा निरन्तर संघर्षरत रहेको कुरा आम नेपालीमा सर्बबितितै छ । यहि क्रममा बैतडी जिल्ला पुर्चौडी नगरपालिका मेयर रण ब.कुवर स्थानीय तहमा निर्बाचित भए देखि निरन्तर रूपमा भ्रष्टाचार, घुसपैठ, कालोबजारी गर्दै गुण्डागर्दी गरि दिनहुँ जाडरक्सी सेवन गरि जनयुद्धको थोत्रो हतियार देखाउदै हत्याहिंसा सहित विभिन्न काण्डमा लिप्त रहदै आएको कुरा पुर्चौडी बासीलाई थाहा छदै छ ।
मेयर कुँवरले नगरपालिकाको पैसा दुरुपयोग गर्न दस लाख भन्दा माथिका योजना आफ्ना आसेपासेको नाममा टेन्डर गरेको, बाँकी स-साना योजनाहरुका अध्यक्षहरुबाट कमिसन लिदै गरेको, आफ्नो गाडी र नगरपालिकाको गाडी टिप्पर, एम्बुलेन्सको टायर वर्षमा १३ पटक बदलेर चरम भ्रष्टाचार गरेको, मनपरि ढंगले ठुलठुला योजना जति आफ्नो गाउँ कुवाकोट हालेको र दुई तिहाई सरकार शक्तिकै आडमा जाडरक्सी सेवन गरि कर्मचारी, सर्बसाधारण माथि दादागिरी मच्चाएको विषयलाई लिएर हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भइ मेयर कुँवरको उक्त घिनलाग्दो गतिविधिको घोर निन्दा र भत्सर्ना गर्दछ ।
भ्रष्टाचारको विषयलाई लिएर हुलाकका कर्मचारी, सर्बसधारण र मेयर बीच भएको वादविवादमा जनताले दिएको मेन्डेट्को उपहास र पदको दुरुपयोग गरि लकडाउन उल्लंघन गर्दै आफ्ना आसेपासे, नेताकार्यकर्ता बोलाइ प्रहरी चौकी घेराउ गर्न लगाएर हुलाकका कर्मचारी, सर्बसधारण जनतालाई कुटपिट गरेर, बिजयसुन्दर नाम गरेको लुटेराको प्रत्यक्ष आदेशमा नगरपालिका भित्रका कम्प्युटर, कुर्सी तोडफोड आफ्नै नेताकार्यकर्ताहरुबाट गराइ सोझा सिधा कर्मचारी र जनताहरुलाई झुठा मुद्दामा उल्टै फसाएर प्रहरी चौकी हाटका हल्दारसहित प्रहरी जवानहरुलाई हातपात गरि आतंक मच्चाएको विषय रहस्यमय छ । जनयुद्धको झ-झल्को दिने गरि निहु खोजेको मेयर रण ब.कुँवरलाई जनताले खोजेको नगरपालिका भित्रका कालाकर्तुतहरु तत्काल स्पष्ट पार्न र निर्दोष कर्मचारी र सर्बसधारण जनताहरुलाई तुरुन्तै स-सम्मान रिहाई गर्न माग गर्दछौँ ।माथी उल्लेखित कालाकर्तुतहरु तत्काल स्पष्टीकरण सहित बानी व्यबहार सुधार नगरे नेपाल कम्युनिस्ट पार्टी कडा प्रतिबाद सहित संघर्षमा उत्रने चेतावनी सहित विज्ञप्ती जारी गरिन्छ ।