काेराेना भाइरसबाट संयम हुन, घरमै सुरक्षित बस्न र नअात्तिन सबैलाई नेकपा दाङद्वारा अाग्रह

अग्रभागमा खट्नु भएका सम्पूर्ण नर्स, डाक्टर, स्वास्थ्य कर्मचारी र प्रहरीहरुलाई उच्च मनाेबलका साथ काम गर्न अाह्वान गर्दै स- सम्मान व्यक्त

प्रकाशित मिति : मङ्ल, जेष्ठ ६, २०७७



दाङ, ६ जेठ ।
नेपाल कम्युनिस्ट पार्टी दाङले काेराेना भाइरसबाट संयम हुन, घरमै सुरक्षित बस्न र नअात्तिन सबैलाई अाग्रह गरेको छ ।
पार्टीका दाङ जिल्ला इन्चार्ज रतन र सेक्रेटरी भगवानराजले संयुक्त एक प्रेस विज्ञप्ति जारी गरि सबैलाई संयम हुन, घरमै सुरक्षित बस्न अाग्रह गर्दै सबै स्थानीय निकायलाई व्यवस्थित अाइसाेलेसन निर्माणमा ध्यान दिन अपिल गर्नुभएको छ ।

लकडाउनकाे समयमा पनि किसानहरूको बाँध, कुलो तथा जमिनलाई असर पर्ने गरि स्थानीय निकायकै जनप्रतिनिधि तथा प्रशासनकाे मिलिमताेमा ग्वारखाेला, पातुखाेला र राप्ती नदीमा जथाभावी खाेला तथा नदीजन्य कच्चापदार्थ उत्खनन तथा दाेहन भइरहेको भन्दै उक्त कार्य तत्काल राेक्न सम्बन्धित निकायलाई अाग्रह गरिएको छ ।

काेराेना भाइरसकाे प्रभावले किसान पनि मारमा रहेको भन्दै सर्वसुलभ मल, बिउबिजन उपलब्ध गराउन पनि माग गरेको छ ।

साथै यो समयमा अग्र पङ्क्तिमा खट्नु भएका सम्पूर्ण नर्स, डाक्टर, स्वास्थ्य कर्मचारी र प्रहरीहरुलाई उच्च मनाेबलका साथ काम गर्न अाह्वान गर्दै पार्टीको तर्फबाट स- सम्मान व्यक्त गरिएको छ ।