२७ संक्रमित थपिएसँगै नेपालमा काेराेना संक्रमितको संख्या ४०२ पुग्याे

प्रकाशित मिति : मङ्ल, जेष्ठ ६, २०७७



काठमाडौं जिल्लामा ३ सहित देशका विभिन्न जिल्लामा २७ जना संक्रमित थपिएका छन् । भक्तपुर र ललितपुरमा पनि नयाँ संक्रमित भेटिएका छन् ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् ।

यसैबीच झापाका ६२ वर्षीय कोरोना निको भएर घर फर्किएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित भएर निको हुनेको संख्या ३७ पुगेको छ ।