नेपालमा काेराेना संक्रमितको संख्या ४४४ पुग्याे

प्रकाशित मिति : बिहि, जेष्ठ ८, २०७७



८ जेठ ।
नेपालमा अाज बिहानै थप १७ जनामा कोरोना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै संक्रमित हुनेको संख्या ४४४ पुगेको छ । विपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानकाे प्रयाेगशालामा गरिएको परिक्षण अनुसार नयाँ १७ जनामा संक्रमण पुष्टि भएको छ ।
जसमा झापाका १५ जना पुरुष, धनकुटाका १ पुरुष र सुनसरी धरानका १ जना महिलामा संक्रमण पुष्टि भएको छ । थपिएका १७ जनासँगै नेपालमा कोरोना संक्रमितको ४४४ संख्या पुगेको छ ।

यसैबीच ४५ जना कोरोनाबाट निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको भइसकेको छ ।