नेपालमा काेराेना भाइरबाट मृत्यु हुने संख्या ३ पुग्याे

प्रकाशित मिति : बिहि, जेष्ठ ८, २०७७



दाङ, ८ जेठ ।
काेराेना भाइरसबाट थप १ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा काेराेना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । अाज बिहान रुपन्देहीको मणिग्रामस्थित क्रिमसन हस्पिटलकाे भेन्टिलेटरमा उपचाररत गुल्मी मदाने गाउँपालिका ६ का ४१ वर्षिय पुरुषकाे मृत्यु भएको हो । पेशाले शिक्षक रहेका उहाँलाई जेठ १ गते काेराेना संक्रमण (पाेजिटिभ) पुष्टि भएको थियो ।
त्यसपछि उपचारका लागि रुपन्देहीको मणिग्रामस्थित क्रिमसन हस्पिटल भर्ना गरिएको थियो ।
यसअघि सिन्धुलीका १ महिला र बाँकेका अर्का १ युवकको पनि काेराेना भाइरसबाट मृत्यु भएको थियो ।