दाङमा थप १ जना संक्रमण पुष्टि, यो सँगै देशभर संक्रमितको संख्या ४५४ पुग्यो

प्रकाशित मिति : बिहि, जेष्ठ ८, २०७७



दाङमा थप १ जनामा काेराेना संक्रमण देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे प्रयोगशालामा गरिएको परिक्षणबाट घाेराही ३ का ३७ वर्षिय पुरुषमा काेराेना संक्रमण पुष्टि भएको हो । घाेराही उपमहानगरपालिकाले निर्माण गरेको कुइरेपानीकाे क्वारेन्टाइनमा बस्दै अाएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पिसिअार परिक्षणमा पाेजिटिभ रिपोर्ट अाएकाे बताइएको छ । राप्ती स्वास्थ्य विज्ञानका अनुसार उनीसँगै जेठ ५ गते भारतबाट अाएका ५ जनाको रिपोर्ट भने नेगेटिभ अाएकाे छ । अाज १ जनामा संक्रमण देखिएसँगै दाङका ५ जना काेराेना संक्रमित संख्या भएको छ । २ जना जिल्ला बाहिर छन् भने जिल्ला भित्र ३ जनामा संक्रमण पुष्टि भएको हो । यसअघि संक्रमण देखिएका गढवाका २ जनालाई बेलझुण्डीकाे काेराेना विशेष अस्पतालमा राखिएको छ । अाज संक्रमण देखिएकालाई पनि बेलझुण्डीकाे काेराेना विशेष अस्पतालमा राखिने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

नेपालमा अाज बितेकाे २४ घण्टामा थप २७ जनामा संक्रमण पुष्टि भएको छ । दाङका १ जना, झापाका २७ जना, रुपन्देही, धनकुटा, सुनसरीका १/१ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा संक्रमितको संख्या ४५४ पुगेको छ । नेपालमा अहिलेसम्म ३८ जिल्लामा काेराेना संक्रमण फैलिएको छ ।

यसैबीच अाज थप ४ जना काेराेना संक्रमणबाट निकाे भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । अाज शुक्रराज ट्रफिकल सरुवा राेग अस्पतालबाट २ जना पुरुष र २ जना महिला गरि ४ जनालाई डिस्चार्ज गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै काेराेना संक्रमणबाट निकाे भएर डिस्चार्ज हुनेको संख्या ४९ पुगेको छ ।