नेपालमा काेराेना संक्रमितको संख्या ४८७ पुग्यो, थप २१ जना डिस्चार्ज भए

प्रकाशित मिति : शुक्र, जेष्ठ ९, २०७७



नेपालमा शुक्रबार बिहान थप ३० जनामा काेराेना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित हुनेको संख्या ४८७ पुगेको छ । अाज अाएकाे रिपोर्ट अनुसार सर्लाहीमा १५, कपिलवस्तुमा ९, नवलपरासीमा ४ र चितवनमा २ जना गरि ३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैबीच अाज थप २१ जना काेराेना संक्रमणबाट निकाे भएकालाई डिस्चार्ज गरिएको छ । यो सँगै डिस्चार्ज हुनेको संख्या ७० पुगेको छ । हिजोसम्म ४९ जना संक्रमणबाट निकाे भएर डिस्चार्ज भएका थिए भने अाज बाँकेकाे खजुरा अस्पतालबाट २१ जनालाई डिस्चार्ज गरिएको हो ।