दाङकाे तुलसीपुरमा एक युवक मृत अवस्थामा फेला, घटनाको अनुसन्धान र दाेषीलाई सजाय दिन परिवारको माग

प्रकाशित मिति : आइत, जेष्ठ ११, २०७७



दङ्गीशरण गाउँपालिका वडा नम्बर ४ हेकुली बैबाङ घर भएका एक युवक दाङकाे तुलसीपुर उपमहानगरपालिका ८ बटवलपुरमा झुन्डिएको अवस्थामा यही जेठ ९ गते मृत फेला परे ।

२२ वर्षिय गुरुप्रसाद भण्डारी यहीँ जेठ ५ गते तुलसीपुर उपमहानगरपालिका ९ बेलुवामा रहेको मामा घरबाट घर जान भनि बिहान ११ बजे हिडेका थिए । ४ दिनसम्म घर नआएपछि खोज्दै जाँदा जेठ ९ गते दिउसो ३:४५ बजेतिर बटवलपुरमा मृत अवस्थामा भेटिए ।
मृतकको शरीरभरी निलडाम र घुडावरिपरी चोट र रगत देखिएकाे थियो ।
मृतकका आफन्तहरुले आत्महत्या नभई हत्या भएको हो भनी ईलाका प्रहरी कार्यालय तुलसीपुरमा किटानी जाहेरी पनि दिइसकेका छन् । तर अझै पनि किटानी जाहेरी दिएका ब्यक्तिहरुलाई पक्राउ नगरेको र अनुसन्धान नगरेकाेप्रति मृतकका परिवारले गुनासो व्यक्त गरेका छन् ।
मृतकका परिवार भन्छन्,-‘हत्या जस्तो जघन्य अपराधमा किटानी जाहेरीमा किटान गरिएका ब्यक्तिहरुलाई तुरुन्त पक्राउ गर्नुको सट्टा प्रहरीले पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै पक्राउ गर्ने बताएको छ, यसमा ढिला नगरी सत्य तथ्य अनुसन्धान र दाेषीलाई कडा भन्दा कारबाही हुनुपर्याे, हाम्रो माग छ ।’

किटानी जाहेरी मृतकको बुवा बुद्धि राज भन्डारीले तुलसीपुर उपमहानगरपालिका ६ रजाैराका लाल बहादुर ओली र छोरी सुष्मा ओलीलाई किटानी जाहेरी दिएका छन् ।