एकिकृत जनक्रान्ति र पार्टी पुनर्गठनबारे

प्रकाशित मिति : आइत, जेष्ठ ११, २०७७



“विचार र कार्यदिशा सहि वा गलत हुनुले सम्पुर्ण कुराको निर्धारण गर्दछ, विचार र कार्यदिशा सहि भयो भने नभएका चिजहरु पनि प्राप्त हुन्छन्, गलत भयो भने प्राप्त भएका चिजहरु पनि गुम्दछन् ।”- कमरेड माआे

एकिकृत जनक्रान्तिको कार्यदिशा नेपाली क्रान्तिको मौलिक कार्यदिशा हो । नेपालमा प्रतिक्रान्ति भएपछि यो कार्यदिशा प्रयोग भईरहेको छ । विश्व कम्युनिस्ट आन्दोलन र नेपाली कम्युनिस्ट आन्दोलनमा कार्यदिशाको महत्व कति हुन्छ भन्ने कुरा सर्वहारा वर्गका नेता कमरेड माआेले कार्यदिशाको बारेमा संष्लेषण गरेको माथिको कुराबाट राम्रोसँग बुभ्न सकिन्छ । विगतमा नेपालमा प्रयोग गरिएको जनयुद्ध कार्यदिशा सही थियो । जनयुद्ध सामन्तवाद र साम्राज्यवादका विरुद्ध नेपाली जनताले गरेको महान तथा गौरवशाली युद्ध थियो । जनयुद्ध सामन्त, दलाल र नोकरशाहका विरुद्ध नेपाली जनताको जनवादी राज्य व्यवस्थाको स्थापना र समाजबाद हुँदै साम्यवादसम्म पुग्ने उदेश्यका साथ गरिएको थियो ।जनयुद्को शुरुवातमा माआेवादी पार्टी कमजोर थियो,सिमित जनाधार थियो,रुकुम र रोल्पा लगायत केहि जिल्लामा मात्र संगठनको आधार थियो।सेना सत्ता र जनअदालत पनि थिएन।त्यसैले सामन्तवादी र साम्राज्यवादी शक्तिहरुले जनयुद्लाई एक दुई महिनामा नै सिध्याउन सकिन्छ भनेर घोषणा गरेका थिए। देशमा संकटकाल घोषणा गरी क्रान्तिलाई सिध्याउन सेना परिचालन गरियो।पार्टीलाई आतंककारी धोषणा गरियो। नेता कार्यकर्ताहरुको टाउकाको मुल्य तोकियो।हजारौ निर्दोश नागरिकहरुको हत्या गरियो।हजारौलाई वेपत्ता बनाईयो।गाउँवस्तीहरु जलाइयो।‌सामन्तवादी र साम्राज्यवादी शक्तिको दमन बिपरित जनयुद् दिन दुईगुना र रात चौगुनाको क्रममा बिकास हुँदै गयो।माआेवादी पार्टी शक्तिशाली वन्यो।नेपाली जनताको क्रा्न्तिकारी पार्टी,जनमुक्ति सेना,जनअदालत र व्यापक जनसमर्थन सहित देशव्यापि विस्तार भयो।नेपालको राजनितिक इतिहासमा जनयुद्ले सामन्तवाद र साम्राज्यवादको लुटको स्वर्गमा भुईचालो गयो ।सामन्तवादको अन्त्य भयो।यी उपलब्धिहरुबाट जनयुद्को विचार र‌ कार्यदिशा सही थियो भन्ने कुरा पुस्टि हुन्छ।२०६३सालमा बिस्तृत शान्ति सम्भौता भयो।जनमुक्ति सेना बिघटन,जनसत्ता विघटन, जनअदालत बिघटन र जनयुद् समाप्त भएको घोषणा गरियो। जनयुद्को मुख्य नेतृत्व कमरेड प्रचन्डले साम्राज्यवाद र दलाल पुँजीवादको अगाडी अात्मसमर्पण गरे।कमरेड प्रचन्डमा आएको बैचारिक विचलन र क्रान्तिमा दिएको धोकाका कारण प्राप्त उपलव्धिहरु गुमे‌।जनयुद्को लक्ष्य र उदेश्य पुरा हुन सकेन।नेपाली जनताको मुक्ति र देशको स्वाधिनताको सपना अधुरो रहन गयो।जनयुद्को अधुरो सपना पुरा गरी जनतालाई मुक्ति र देशलाई स्वाधिन बनाउनको लागि एकिकृत जनक्रान्तिको कार्यदिशा नेपाली माटोमा प्रयोग भएको छ।यो कार्यदिशा सहि छ‌।कार्यदिशा सहि भएका कारण प्रतिक्रान्ति विरुद् क्रान्ति अगाडी बढिरहेको छ।कार्यदिशाको बैक्षानिकता पुस्टि हुँदै गएको छ।
जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी‌ले दलाल पुँजीवाद र साम्राज्यवादका बिरुद् सघ्रस गरिरहेको छ।दलाल पुँजीवादी व्यवस्थामा भएको राष्टृघात,जनघात,भ्रस्टाचार र दलालीको बिरुद् गाउँदेखि शहर सम्म निरन्तर सघ्रसमा लागेको छ।जनप्रिय पार्टीले दलालहरुका विरुद् सघ्रस गर्दै जाँदा जनताले हाम्रो पार्टीलाई माया र विश्वास गर्ने बाताबरण बनेको छ।पार्टी श्रमजीवीवर्गको आशा र भरोसाको केन्द बनेको छ।यसरी जनताको लोकप्रियता र जनलहर वढेपछि केपिको सामाजिक दलाल सरकारले २०७५फाल्गुन२८गते पार्टीलाई प्रतिवन्ध लगाएको छ।वन्दुकले विचारलाई दमन गर्ने कुचेस्टा गरेको छ।सर्लाही जिल्ला ईन्चार्ज कुमार पौडेल,भोजपुरका तिर्थ घिमिरे र निरकुमार राई लगायत एक दर्जन क्रान्तिकारीहरुको प्रतिवन्ध पछि हत्या गरेको छ। हजारौ नेता,कार्यकर्ताहरुलाई झुटा मुदा्मा हिरासत र जेलमा राखेको छ।पार्टीका स्थायी कमिटी सदस्य कमरेड सुदर्शन,पोलिाव्युरो सदस्य कमरेड रणविर, केन्दिय सदस्य माईला लामा लाई बिनाकारण राजनितिक पुर्वाग्रहको आधारमा अहिले सम्म जेलमा राखिएको छ।विश्व कोरोना माहामारी बिरुद् सघ्रस गरिरहेको छ।कोरोनाले लाखौ मानिसहरुको अकालमा मृत्यु भएको छ।नेपालमा पनि कोरोना सक्रमितको सख्या दिनप्रतिन बढिरहेको छ ।३जनाको मृत्यु भईसकेको छ।केपिको सामाजिक दलाल सरकार कोरोना नियन्त्रण भन्दा पनि हाम्रो पार्टीका नेताहरु गिरफ्तार गर्न लागिपरेको छ।कोेरोना कहरकै बिजमा हाम्रो पार्टीका प्रकाशन बिभाग प्रमुख तथा केन्दीय सदस्य कमरेड अनिल शर्मा,पार्टीका पुर्व केन्दीय सदस्य कमरेड हिमाल ,ईलाम जिल्ला इन्चार्ज पुस्प कोईराला र चितवन जिल्ला सेक्रेटरी विजय लगायतका नेता कार्यकर्ताहरुको गिरफ्तारी गरिएको छ।केपि पिकेको सामाजिक दलाल सत्ताको प्रतिक्रान्ती,प्रतिवन्ध र दमन विरुद क्रान्ति,प्रतिरोध र विद्रोह गर्दै पार्टी निरन्तर समाजवाद हुदै साम्यबादको यात्रामा अगाडी बढीरहेको छ।
हाम्रो जनप्रिय नेपाल कम्युनिस्ट पार्टी नेपालका श्रनजीवी वर्गको मुक्ति र देशको स्वाधिनताको लागि सघ्रसरत छ।दलाल सँसदीय व्यवस्थाको बिरुद्मा देशका मजदुर, किसान मद्यमवर्ग र देशभक्त शक्तिहरलाई एकताबद् गरेर वैक्षानिक समाजबादी व्यवस्था स्थापना गर्न चाहन्छ।हाम्रो पार्टीको विचार र कार्यदिशा सहि छ।पार्टीको नेतृत्व सहि छ।सहि कार्यदिशाको कारणले श्रमिक वर्गको क्रान्तिकारी पार्टी,जनताको मुक्तिको लागि लड्ने सेना र जनताको सत्ताको जन्म भएको छ।त्यसैले आउनुहोस् सहि कार्यदिशा र नेतृत्वको वरिपरि गोलबन्द होऔं ।बैक्षानिक समाजबादको यात्रामा अघि बढौं।दलाल पुँजीवादको पराजय र समाजवादको विजय हुने छ।
जिल्ला ईन्चार्ज-कलम बिश्वकर्मा(कमरेड दिपेन्द)नेपाल कम्युनिस्ट पार्टी,दैलेख